सिजनको अन्तिम खेलमा बार्सिलोनाकाे मैदान बाहिर मेस्सी

क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सीले क्लबका लागि अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेल ला लिगामा एइबारसँग खेल्दैछ । 

स्पेनिस जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका क्लबले जानकारी दिएको छ । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार (आज) राति इबरसँग खेल्दैछ ।

बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो । प्रशिक्षक कोम्यानसँगको सल्लाहमा मेस्सीले आज राति बार्सिलोनाको लागि नखेल्ने भएका क्लबले पुष्टि गरेको छ ।

मेस्सीले अर्को महिनादेखि सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने भन्दै क्लबले मौका दिएको हो । कोपा अमेरिका जुन १३ देखि अर्जेन्टिनामा सुरु हुँदैछ ।

यस सिजन उपाधि होडबाट बाहिरिइसकेको बार्सिलोनाको शुक्रबारको टिम प्रशिक्षणमा समेत मेस्सी उपस्थित भएका थिएनन् । मेस्सी र बार्सिलोना बीचको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ६:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया