धनराज गुरुङको टिप्पणी : मध्यरातमा राष्ट्रपति निर्वस्त्र !
फरकधार / ८ जेठ, २०७८

नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै मध्यरातमा राष्ट्रपति निर्वस्त्र भएको टिप्पणी गरेका छन् । नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

नेता गुरुङले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपति आफैँ निर्वस्त्र बनेको बताएका हुन् । उनले आफैले आह्वान गरेका आफैले विघटन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानअनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेपछि मध्यरातमा संसद नै विघटन भएको आरोप लगाए । 

राष्ट्रपति भण्डारीले मुलुकको अभिभावक बन्नुपर्ने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेको बताए । गुरुङले लेखेका छन्, 'मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन् ।'

  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ७:१९:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया