पोखरेलको निर्देशन : पार्टीलाई हराउनेले स्वआलोचना गरेर मूलधारमा आउनू, नत्र अनुशासनको कारबाही

नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउने आफ्ना पार्टीका प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई स्वआलोचना गर्दै पार्टी मूलधारमा फर्कन निर्देशन गरेका छन् । 

अध्यक्ष पोखरेलले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पार्टीको सूर्य चिन्हबाट निर्वाचित केही पालिका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले गैरराजनीतिक गतिविधि, अराजकता र दलीय अनुशासन उल्लंघन गरी फ्लोर क्रस गरेर हराइएको दाबी गरेका छन् । 

पोखरेलले २०७८ सालको जेठ ६ गते एमालेको अनुशासन र संसदीय परम्परा उल्लंघनकाे कालो दिनको रुपमा अंकित हुने भन्दै फ्लोर क्रस गर्नेहरुको पहिचान भइसकेको बताए । 

आधिकारिक उम्मेदवार हराउन लागेकाहरुको नामावली स्थानीय पार्टीबाट सिफारिस भई आएको भन्दै पोखरेलले सबैले स्वआलोचना गरी मूलधारमा फर्कने समय अझै बाँकी रहेको बताए । 

फ्लोर क्रस गरेका एमालेका सबै मतदातालाई आत्मालोचनासहित सम्बन्धित पार्टी कमिटीमा सम्पर्क राख्न अध्यक्ष पोखरेलले निर्देशन दिएका छन् । त्यसो नगरेमा कारबाहीको प्रक्रिया अघि बढ्ने उनले बताएका छन् । 

पाखरेलले भनेका छन्, 'निर्देशन पालना नगरे पार्टीको विधान र संसदीय दलको विधान र नजिर आकर्षित हुने कुरा सबैमा विदितै छ । पार्टी अनुशासन कायम राख्नु र संसदीय मूल्य स्थापित गर्न पार्टी कटिबद्ध छ ।'





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ७:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया