माग्ने बुढाको व्यङ्ग्य : विपक्षीलाई भयो जीवन तिरिमिरी ​झ्याईँ

हास्य व्यङ्ग्य कलाकार केदारप्रसाद घिमिरे अर्थात माग्ने बुढाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि विपक्षी दललाई तिरिमिरी झ्याईँ भएको बताएका छन् । 

माग्ने बुढाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चुनावको घोषणाले विपक्षीलाई 'भयो जीवन तिरिमिरी झ्याईँ' को अवस्था बन्न पुगेको भन्दै व्यङ्ग्य गरेका छन् । 

'बा ले मध्यरातमा ठोक्नुभएछ । आमाले बिहानीपख ठोक्नुभएछ ।।', उनले लेखेका छन्, 'विपक्षीलाई, सारङ्गी र्याईँ र्याईँ । भयो जीवन तिरिमिरी ​झ्याईँ ।।'

माग्ने बुढाले चुनाव भएको खण्डमा विपत्तिमा जनताको सेवा गर्नेले मात्रै भोट पाउने बताएका छन् । उनले लेखेका छन्, 'चुनाव भइहाल्यो भने जस्ले विपत्तिमा जनताको सेवा गर्छ उसैले भोट पाउँछ । याद गर्नुहोला ।।'

 





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ८:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया