नागार्जुनमा कोरोना संक्रमितका लागि प्रदीप पौडेलले सुरु गरे ३ सय बेडको आइसोलेसन
नागार्जुन नगरपालिका वडा नं १ मा आइसोलेसन बनाइएकाे भवन र आइसाेलेसन निरीक्षण गर्न पुगेका कांग्रेसका युवा नेता प्रदीप पाैडेलकाे साथमा वडा सदस्य लगायतका व्यक्तित्व ।

नागार्जुन नगरपालिका वडा नं १ मा ३ सय बेडको आइसोलेसन बनाइएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत भवन विभागले न्यून आय वर्गका लागि बनाएका भवनमध्ये पहिलो चरणमा निर्मित भवनमा आइसोलेसन बनाइएको हो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नेपाल चार्टर एकाउन्टेन्ट संघ र सर्वाङ्ग अस्पतालको सहकार्यमा शनिबारबाट आइसोलेसनमा कोरोना संक्रमित बिरामी राख्न थालिएको छ ।

भवन विभाग, नागार्जुन नगरपालिका र नागार्जुन नपा वडा नं १ को विशेष सहयोग रहेको यो आइसोलेसन सेन्टरमा चिकित्सकीय सेवा र सुविधा कुपन्डोल ललितपुरको सर्वाङ्ग अस्पतालले उपलब्ध गराउने छ । अक्सिजनसहित अन्य भौतिक सुविधाका लागि नेपाल चार्टर एकाउन्टेन्ट संघले जिम्मा लिएको नागार्जुन नगरपालिका–१ का वडा सदस्य रामेश्वर लामाले बताए । 


आइसोलेसनका लागि गणेशमान सिंह फाउन्डेसनका तर्फबाट वडा सदस्य रामेश्वर लामालाई मास्क सहयाेग गर्दै सिर्जना सिंह ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ८:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया