सूर्य थापाको नजरमा माधव नेपालका यी हुन् ५ अपराधहरू

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालका ५ वटा अक्षम्य अपराधहरू सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेता नेपालमाथि विभिन्न आरोप लगाएका हुन् । 

थापाले सामाजिक सञ्जालमार्फत नेता नेपालमाथि लगाएका आरोपहरू निम्न छन् :
१. कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग 

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दीर्घराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजीनामाको लागि गुप्त निर्देशन

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ 

४. बागमती प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षडयन्त्रका साथ पार्टी विरोधी व्यक्तिलाई मतदान ।

५. नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, किर्ते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेर बहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।



थापाले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमत विपरीत नेपाली कांग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न नेता नेपालले गरेका अपराधहरूको भ्रत्सना गर्न पनि आग्रह गरेका छन् । 

उनले लेखका छन्, 'अपना नाम धुन्धुकारी कहो पट्टु ! विचरा'



  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १०:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया