माधव नेपाल भन्छन्, 'यो प्रतिगमन भाग दुई'

सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

प्रतिनिधिसभा भंगको विषयमा टिप्पणी गर्दै नेता नेपालले प्रतिगमन फेरि भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचन घोषणा गरेपछि नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका हुन् । 

नेपालले भनेका छन्, 'प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो ।' 

नेता नेपालले मध्यावधि चुनावको घोषणा यो व्यवस्था नै कू गर्ने अग्रसरता भएको बताए । उनले शीतलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको आरोप लगाएका छन् । 

नेता नेपालले मध्यावधि चुनावको घोषणा प्रतिगमन भाग २ भएको भन्दै सरकारको उक्त कदमको भर्त्सना गरेका छन् । उनले यस कदमको प्रतिवाद डटेर गर्न आव्हानसमेत गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ९:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया