कोरोनाको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनाले रोक्यो फुटबल गतिविधि

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले सम्पूर्ण फुटबल गतिविधिमा रोक लगाएको छ । अर्जेन्टिनाले स्वास्थ्य सुरक्षाको कारण सबै प्रकारका फुटबल गतिविधिमा रोक लगाएको हो । 

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो । अर्जेन्टिना फुटबल एसोसियसनले एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ ।

अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ । कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनादेखि सुरु हुने तालिका रहेको छ ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीको कारण एक वर्ष पछि सरेको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ९:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया