राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको कार्यदिशा ५ बुँदामा सुझाएका छन् । मध्यावधि निर्वाचन घोषणा भएपछि अबको अवस्थामा के गर्ने भन्ने विषय थापाले विकल्पहरु सुझाएका छन् ।
थापाले अब देश मध्यावधि निर्वाचनमा गइसकेको अवस्थामा महामारी नियन्त्रणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । थापाले अब स्वास्थ्य संकटकाल घोषणा गरेर महामारी नियन्त्रणमा लाग्नुपर्ने बताए ।
थापाले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिना भित्र कोरोना महामारी नियन्त्रण गर्नेतर्फ सरकारले काम गर्नुपर्ने बताए ।
थापाले आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने काम अबको कार्यदिशा भएको उल्लेख गरेका छन् ।
यससँगै उनले अन्तिम कार्यदिशामा अबको चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।