इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले स्पेनिस क्लब बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् ।
अगुइरोले बार्सिलोनासँग २ वर्षको सम्झौता गरिसकेको र त्यसका लागि उनले अबको केही दिनमा मेडिकल टेस्ट गर्ने बेलायती पत्रिका द गार्डियनले बताएको छ ।
३२ वर्षीय अगुइरोले मे २९ मा चेल्सीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलेपछि सिटी छाड्ने छन् ।
अगुइरो सिटीमा पाउने भन्दा निकै कम तलबमा बार्सिलोना जान लागेका हुन् । अगुइरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पाउँथे भने बार्सिलोनाले ४.४ मिलियन पाउन्ड दिनेछ ।
म्यानचेस्टर सिटीका लागि सर्वाधिक गोल गर्ने अगुइरोलाई बार्सिलोनाले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
अगुइरो सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सिटी आएका थिए । उनले सिटीका लागि ३२१ खेलमा २५८ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।