बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज दिने भएको छ। नेपालमा बढिरहेको कोरोना महामारीबारे बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्समा खोप दिनेबारेमा छलफल भएको छ।
बेलायतले को–भ्याक्स सुविधामार्फत २० लाख डोज आस्ट्रनेजेका (कोभिशिल्ड) खोप दिन लागेको हो। बिहीबार नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। बेलायतको संसदमै छलफल भएको दिन प्रधानमन्त्रीसँग भेट गरेर खोप उपलब्ध गराउन लागेकोबारे जानकारी दिएकी थिइन्।
राजदूत पोलिटले बेलायतले कोभ्याक्स सुविधामार्फत नै खोप उपलब्ध गराउन लागेको बताइन्। उनले ट्वीटरमार्फत खोपका विषयमा केही अलमल रहेको भन्दै को–भ्याक्स सुविधाअनुसार नै उपलब्ध गराइन लागेको बताइन्। अन्य विकास साझेदारसँग पनि नेपाललाई सहयोग गर्ने विषयमा छलफल भइरहेको राजदूत पोलिटले बताइन्।
यसअघि नेपालले कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज कोभिशिल्ड खोप पाएको थियो। भारतले कोभिशिल्ड खोप उपलब्ध नगराउँदा यसअघि खोप लगाएका झण्डै १५ जना जनसंख्या दोस्रो डोज खोप लगाउनबाट बञ्चित भएका छन्।
यस्तो अवस्थामा बेलायतले खोप उपलब्ध गराउनुलाई महत्वका साथ हेरिएको छ। खोप कहिलेसम्म नेपाल आउने भन्ने यकिन भएको छैन। बेलायतले कोभ्याक्स सुविधाका लागि साढे सात खर्ब रकम सहयोग गरेको छ। त्यही अन्तर्गत नेपालले पनि खोप पाउने भएको हो।
यसअघि पनि को-भ्याक्स सुविधामार्फत नेपालले २० लाख डोज खोप पाउने भनिएको थियो। जसअन्तर्गत अहिले तीन लाख ४८ हजार डोज मात्र पाएको छ।
को-भ्याक्सलाई खोप कम्पनी सेरमले तत्काल उपलब्ध गराउन नसक्ने जनाएपछि अहिले रोकिएको छ। अबको २–३ महिनापछि मात्रै खोप उपलब्ध गराउन सक्ने जानकारी सेरमले गराएको छ।
🇬🇧 is one of the biggest donors to Covax vaccine facility (£548m). To clarify confused media reporting on vaccine donations: UK support to Nepal is through #COVAX. We are working hard with other development partners to get more of Nepal’s covax allocation in to #Nepal.
— NicolaPollitt (@NicolaPollittUK) May 22, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।