प्रदीप पौडेलको सक्रियतामा रानीवनमा सुरु भयो ३ सय शैय्याको आइसोलेसन

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको सक्रियतामा काठमाडौंको रानीवनमा ३ सय शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । नागार्जुन नगरपालिका १ रानीवनमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा आएको हो । 

नेता पौडेलको अग्रसरतामा नागार्जुन नगरपालिका, नेपाल चार्टर्ड एसोसिएसन, नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वाङ्ग अस्पताल प्रा.लि.को समन्वयमा आइसोलेसन सञ्चालनमा आएको हो ।  

अहिले सुरुवातमा आइसोलेसन सेन्टरको रुपमा सुरुवात गरेपनि अहिले संलग्न संस्थाहरु कै नेतृत्वमा आगामी दिनमा अस्पतालकै रुपमा सञ्चालन गर्ने तयारी भएको नेता पौडेलले जानकारी दिएका छन् । 

अहिले आइसोलेसन सेन्टरमा १०० वटा अक्सिजन सिलिन्डर (आवश्यकता परेको खण्डमा थप सिलिन्डर उपलब्ध गराउने र निरन्तर भर्ने गरी), ३०० शैय्याको आइसोलेसन बेड, निःशुल्क उपचार र निःशुल्क खानाको व्यवस्था गरिएको पौडेलले जनाएका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार ११:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया