१६ वर्षे छोरासँगै सगरमाथाको चुचुरोमा पुगे पिके शेर्पा

हिमाल आरोही पिके शेर्पाले आफ्नो छोरासँगै सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले १६ वर्षीय छोरा सोनाम शेर्पा सँगै सगरमाथाको आरोहण गरेका हुन् । 

किशोर उमेरमै सोनामले बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका हुन् । शेर्पा बाबुछोराले सफल आरोहण गरेको भन्दै एमाले नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले बधाई दिएका छन् । 

भट्टराईले उनीहरुको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै किशोर सोनामको साहस र आत्मबलको उच्च प्रशंसा गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १२:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया