कमल थापाको प्रश्नः धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै विद्वानहरूसमक्ष प्रश्न गरेका छन् । 

थापाले फेसबुकमार्फत् स्टाटस राख्दै लेखेका छन्, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरीत जाने स्वतन्त्रताा दिएको हो ?’ 

क्षणिक स्वार्थले दलमा घात पुग्ने भनी उनी लेख्छन्, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न । क्षणिक स्वार्थ मात्र नहेरौँ ’ 

 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १२:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया