टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफरः एक महिनासम्म निःशुल्क भ्वाइस कल

नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीका लागि निःशुल्क भ्वाइस कल सुविधाको अफर ल्याएको छ । स्वास्थ्यकर्मीले यो ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ एक महिनासम्मका लागि पाउने भएका हुन् ।   

प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन । तर, पोस्टपेड प्रयोगकर्तालाई नियमअनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्नेछ ।

यस सुविधाबारे टेलिकमले आइतबार नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्सँग सम्झौता गरेको छ ।

स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ । आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । 

आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा नयाँ सिमकार्ड तत्कालै लिन सक्नेछन् ।

टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा दिएको हो । कोभिड महामारी नियन्त्रणको लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई हौसला स्वरुप टेलिकमले यो सुविधा दिएको हो । 



कोभिड–१९ को संक्रमणको अवस्थालाई हेरेर यो सुविधालाई थप गर्न पनि सकिने टेलिकमले जनाएको छ । 



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १८:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया