महन्थ–उपेन्द्र स्पष्टीकरण दोहोरी

जनता समाजवादी पार्टीमा स्पष्टीकरणको दोहोरी सुरु भएको छ । शनिबार उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित उनी पक्षधर चारजनालाई स्पष्टीकरण सोधेको थियो ।

त्यसको भोलिपल्टै आइतबार ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

शनिबार उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

आइतबार महन्थ पक्षले पार्टीमा कुनै छलफल नै नगरी माओवादी केन्द्र र कांग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

अध्यक्ष ठाकुर पक्षले यादव पक्षको कार्यकारिणी बैठक अवैध भएको दाबी गरेको छ । ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १८:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया