नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै जसपाद्वारा जनकपुरधाममा दीप प्रज्वलन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी गरिएसँगै जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा दीप प्रज्वलन गरेको छ ।

जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले आइतबार साँझ स्थानीय जनक चोकमा दीप प्रज्वलन गरी अध्यादेशको स्वागत गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य उमेश मण्डलले नेतृत्व पङ्क्तिलाई  मधेशको माग र मुद्दा सम्बोधनका लागि अगाडि बढ्न आग्रह गरे । उनले नागरिकता विधेयक जारी गरेकोमा वर्तमान सरकारलाई धन्यवाद समेत दिए । 

केन्द्रीय सदस्य मण्डलले आफूहरु नेतृत्वपंक्तिको साथमा रहेकाले मधेशको मुद्दाका लागि एक कदम पनि पछाडि नहट्न आग्रह समेत गरे । 

दीप प्रज्वलन कार्यक्रममा जसपाका नेताहरु उमेश मण्डल, राजु चौधरी, मनोज चौधरी, सदाशिव मिश्र, देवकृष्ण मण्डल, रमेश अधिकारी, प्रशान्त झालगायतको उपस्थिति थियो । 

राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।



०७२ असोज ०३ गतेअघि जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १९:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया