सर्वाधिक गोलकर्ता बन्दै केनले जिते गोल्डेन बुट अवार्ड

इङ्ग्लिस प्रिमियर लिगमा ह्यारी केनले गोल्डेन बुट अवार्ड जितेका छन् । टोटेनहमका स्ट्राइकर केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका हुन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इङ्ग्ल्यान्डका फरवार्ड केनले प्रिमियर लिगमा यस सिजन २३ गोल गरे । १४ गोलका लागि असिस्ट पनि गरे ।

गएराति टोटेनहमले लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन् । केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले यस सिजन २२ गोल गरे । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।



 



 

  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार ७:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया