गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दोस्रो पटक नियुक्त भएका नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले प्रदेशमा भएका उपलब्धीहरु सार्वजनिक गरको छन् । उनले सामाजिक सञ्जालमार्फत उपलब्धी सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले आफूले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएपछि कोरोना नियन्त्रणमा उल्लेख्य प्रगति गरेको बताएका छन् । कोरोना परीक्षणदेखि उपचारसम्मका काममा उल्लेख्य प्रगति भएको उनले बताएका छन् ।
प्रदेशमा अक्सिजनको व्यवस्थापनका लागि पनि आफूले काम गरिरहेको मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् । गुरुङ भगिनी सम्बन्ध रहेका विभिन्न देशका प्रदेशसँग पनि खोप र स्वास्थ्य सामग्रीका लागि समन्वय गरिरहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।