त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएको स्नातक तहका सबै परीक्षा साउनभित्रै गर्ने भएको छ । 

लामो समयदेखि परीक्षा रोकिँदा विद्यार्थीहरू समस्यामा परेको भन्दै स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी त्रिविले तयारी थालेको हो । 

त्रिविले जेठ २० गतेसम्म परीक्षा फारम भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाएको छ ।

हाल स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । उनीहरूले प्रथम वर्षमा अध्ययन गर्न लागेको १९ महिना बढी भइसकेको छ । तर, कोरोना महामारीका कारण परीक्षा हुन पाएको छैन ।

सबै प्रक्रिया पुरा गरेर साउन महिनाभित्रै परीक्षा गर्ने गरी केही दिनमा तालिका सार्वजनिक गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । जेठ १२ गतेदेखि २० गतेसम्म अनलाइनबाटै फारम भर्न सकिनेछ । 

फारम भर्न छुटेका आंशिक प्राइभेट परीक्षार्थीले भने परीक्षा नियन्त्रण कार्यालयमै जेठ २४ गतेदेखि ३० गतेसम्म सम्पर्क राखेर फारम भर्न सकिने परीक्षा नियन्त्रक जोशीले बताए । 



यो वर्ष प्रथम वर्षको परीक्षामा दुई लाख ५० हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ । गत वर्ष पनि दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

साउनभित्रै परीक्षा गरिने र यसको मोडेलबारे केही दिनमा सार्वजनिक गरिने परीक्षा नियन्त्रक जोशीले जानकारी दिएका छन् । त्रिविले सेमेस्टर प्रणाली अन्तर्गत् भने अनलाइन परीक्षा सञ्चालन गर्दै आएको छ । तर, वार्षिक प्रणालीमा भर्ना भएका विद्यार्थीका लागि अनलाइन परीक्षा सम्भव नै नभएको उनको भनाइ छ । 



  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार १४:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया