भारत सरकारविरुद्ध ह्वाट्सएपले दायर गर्यो मुद्दा

लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपले भारत सरकारविरुद्ध मुद्दा दर्ता गराएको छ । भारत सरकारले आजदेखि लागु हुनेगरी ल्याएको नयाँ नियमले सामाजिक सञ्जाल प्रयोगकर्ताको गोपनियता भंग हुने भन्दै उसले मुद्दा दर्ता गरेको हो । 

भारत सरकारले ल्याएको नयाँ नियमले सामाजिक सञ्जाल प्रयोगकर्ताको गोपनियता नरहने भएकाले उक्त नियमलाई तत्काल रोक्नका लागि माग गर्दै ह्वाट्सएपले मुद्दा दायर गरेको रोयटर्सले लेखेको छ । 

ह्वाट्सएपले दिल्ली हाई कोर्टमा भारत सरकारविरुद्ध दायर गरेको मुद्दामा सरकारले ल्याएको नयाँ नियम भारतीय संविधानको गोपनीयताको हकविरुद्ध भएको दाबी गरेको छ । 

ह्वाट्सएपको तर्फबाट मुद्दा दर्ता गराएका कानुन व्यवसायीका अनुसार भारत सरकारले ल्याएको नयाँ नियमले यदि सरकारले मागेको खण्डमा सामाजिक सञ्जालमा सूचना राख्ने पहिलो व्यक्तिको सम्पूर्ण जानकारी सामाजिक सञ्जालको सञ्चालकले दिनुपर्ने भएको छ । 

जसअनुसार सामाजिक सञ्जालहरु फेसबुक र ह्वाट्सएपमा पोस्ट भएका सूचनाहरुको बारेमा सरकारले चाहेको समयमा स्रोत व्यक्तिको सम्पूर्ण विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने व्यवस्था थपिएको छ । 

तर, ह्वाट्सएपले भने उक्त प्रावधान भारतीय संविधानको गोपनीयताको हकविरुद्ध रहेको भन्दै दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेको हो । संविधानअनुसार गलत काम गरेको अभियोग लागेका व्यक्तिको जानकारी मात्रै उपलब्ध गराउन ह्वाट्सएप बाध्य रहेको उसको जिकिर छ । 





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार ११:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया