रविन्द्र मिश्र भन्छन्, 'देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ !'

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले देवताको महत्व बुझ्न पनि असल नेतृत्व चाहिने बताएका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै अध्यक्ष मिश्रले असल नेतृत्व चाहिने बताएका हुन् । 

मिश्रले सामाजिक सञ्जालमार्फत नेपालमा बौद्धनाथ स्तूपा, बुद्धको जन्मस्थल लुम्बिनीको वैभव अतुलनीय रहेको भन्दै ‘नजिकको देवता हेलाँ’ भनेझैँ हामीले यसको महत्व बुझ्न र विश्वलाई बुझाउन नसकेको बताए । 

मिश्र लेख्छन्, विश्व सम्पदा सूचीमा सूचीकृत यी केन्द्रहरू विकसित देशमा भइदिएको भए यिनले फ्रान्सको आइफेल टावर जत्तिकै या त्योभन्दा बढी पर्यटक भित्र्याउन सक्थे । तर, यो देशको सृजनात्मक सोच र दूरदृष्टिहीन भ्रष्ट नेतृत्वले गर्दा विश्वमै यस्ता अतुलनीय सम्पदा, विविध संस्कृति तथा प्राकृतिक सौन्दर्यले भरिएको यो देशमा पर्यटनबाट हुने आय कूल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित छ ।

नेपालमा पर्यटनबाट हुने आय २ प्रतिशतमै सीमित भएपनि भुटानको झण्डै ५, थाइल्याण्डको १२, कम्बोडियाको १६ र माल्दिभ्सको ६० प्रतिशत रहेको मिश्रले बताए । उनले लेखका छन्, देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ ।

 





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १२:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया