नीता ढुंगाना भन्छिन्, ‘याे देशमा किन जन्मिएँ हाेला ?

अभिनेत्री नीता ढुंगानाले हरिहर अधिकारीका बुवाको निधनपछि फेसबुकमा निकै भावुक स्टाटस पोस्ट गरेकी छिन् । झण्डै एक वर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले हरिहरका बुवासँगको तस्बिर पोस्ट गर्दै आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘मेरो देश, मेरो गौरव भनेर सोंच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहँदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भइरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।’

उनले अगाडि लेखेकी छिन्, ‘सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् ।’ 

हरिहरका बुवाको कोरोना संक्रमणका कारण उपचारका क्रममा मंगलबार निधन भएको थियो ।





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १५:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया