आत्महत्याअघि क्यालिफोर्नियामा एक व्यक्तिले गरेका ८ जनाको हत्या

अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बुधबार क्यालिफोर्नियाको एक ट्रान्जिट कर्मचारीले आफ्ना ८ जना सहकर्मीको ज्यान लिने गरी गोली चलाएका हुन् । अन्तिममा उनले आफूलाई आफैले गोली हानेका रोयटर्सले लेखेको छ । 

सान्ता क्लारा भ्याली ट्रान्सपोर्टेसन अथोरिटीको कम्युटर रेलको यार्डमा उक्त घटना भएको हो । घटनास्थलमा अधिकारीहरु पुग्ने समयसम्म गोली चलिरहेको समाचारमा उल्लेख छ । 

अधिकारीहरुले आफूलाई पक्राउ गर्ने थाहा पाएलगत्तै आक्रमणकारीले आफैंमाथि गोली चलाएका थिए । त्यसलगत्तै आक्रमणकारीको पनि निधन भएको थियो । 





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ७:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया