गोकर्ण विष्ट भन्छन्, 'पार्टी जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहन्छ'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी एकता कायम राख्नका लागि अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न रहने बताएका छन् । विष्टले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

विष्टले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकता जोगाउनका लागि आफूहरुको तर्फबाट इमान्दार प्रयत्न रहने बताएका हुन् । 

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सबल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने विष्टले बताएका छन् । 

विष्टले सबल एवं एकीकृत पार्टी निर्माण गर्दै एमालेको एकताका लागि आफूहरु अन्तिम क्षणसम्म पनि इमान्दारीताका साथ प्रयासमा रहने बताए । उनले अहिलेको आवश्यकता पनि एकता नै रहेको बताए । 





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ८:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया