राष्ट्रपति विरुद्धका सबै रिट प्रधानन्यायाधीशको इजलासमा

संसद विघटनपछि राष्ट्रपतिविरुद्ध परेका सबै रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ । राष्ट्रपतिविरुद्ध परेका सबै रिटको सुनुवाइका लागि इजलास तोकिएको हो ।

संसद विघटनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरको लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा हुने भएको हो । 

सबै रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध ३० वटा रिटहरु परेका छन् । जसमा १९ वटाको आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ११:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया