logo-img

उपत्यकामा कडा निषेधाज्ञा : यी नम्बरमा फोन गरे खाद्यान्न घरमै आउने
फाइल तस्बिर

उपत्यकाका तीन जिल्लामा भोलिदेखि एक साता निषेधाज्ञालाई कडाइ गर्दै लागिएको छ। यस समयमा खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको छ । यस समयमा कसैलाई खाद्यान्नको खरिद गर्नुपर्ने भएमा सरकारले नै वैकल्पिक व्यवस्था गर्ने भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गरी खाद्यान्न अभाव भएमा विभिन्न व्यक्तिलाई सम्पर्क गर्न सकिने जानकारी दिएको छ । 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सम्बन्धित ठाउँमा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाउने जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले दिएका छन्। 

उनीहरुले मोबाइल गाडी मार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था गर्ने गरी व्यवस्था मिलाइएको पराजुलीले बताएका छन् । 

खाद्यान्न सामग्री आवश्यक भएमा जुनसुकै समस्या सम्पर्क गर्नसक्ने भन्दै विभिन्न व्यक्तिमा सम्पर्क नम्बर दिइएको छ । 


 





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया