कर्णालीमा थप ५ जनाको मृत्यु, ४२३ जना संक्रमण मुक्त

कर्णाली प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यानका चार र सुर्खेतका एक जनाको मृत्यु भएको हो । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या २२६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत थप ४२३ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म कुल संक्रमितमध्ये निको हुनेको संख्या १४ हजार ६०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा ८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमण पुष्टि हुनेको संख्या २२ हजार २०२ पुगेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन, होम आइसोलेसनमा ६ हजार १२२ जना सक्रिय संक्रमित उपचाररत छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १८:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया