पहिलो र दोस्रो डोज फरक फरक भ्याक्सिन लगाए के हुन्छ ?

नेपालमा पछिल्लो समय कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने क्रम बढ्दो छ । तर, यसअघि भारतबाट आएको कोभिशिल्ड वा कोभ्याक्सिन लगाएका मानिसहरुले अहिले दोस्रो डोज लगाउन पाएका छैनन् । 

त्यसैले नेपालमा पनि प्रश्न उठेको छ, पहिले अर्कै भ्याक्सिन लगाएकाहरुले दोस्रो पटक अर्को भ्याक्सिन लगाएमा के हुन्छ ?

भारतमा पनि अहिले यही अवस्था रहेको छ । त्यहाँ पनि कोभिशिल्ड र कोभ्याक्सिनको सहज रुपमा उपलब्ध छैन । भ्याक्सिन सहज रुपमा उपलब्ध नभएपछि त्यहाँ केहीले पहिले कोभिशिल्ड लगाए पनि दोस्रोपटक कोभ्याक्सिन लगाएका छन् । अनि पहिले कोभ्याक्सिन लगाएकाले पनि पछि कोभिशिल्ड लगाएका छन् ।

फरक फरक भ्याक्सिन लगाएपछि त्यहाँ निकै ठूलो अन्योल देखिएको छ । 

तर, अब भारत सरकारले यस्तो अवस्था आत्तिनु नहुने बताएको छ । र, यसलाई पूर्णरुपमा सुरक्षित हुने पनि भनिएको छ । 

भारतको नीति आयोगको स्वास्थ्य समितिका सदस्य डा. भिके पलले फरक फरक भ्याक्सिन लगाए पनि कोही आत्तिनु नहुने बताएका छन् । बरु उनले त भारत सरकारले नै अब यसरी फरक फरक भ्याक्सिन मिलाएर लगाउने योजना बनाउन थालेको पनि बताएका छन् ।



‘यो पूर्णरुपमा सुरक्षित हुन्छ,’ उनले भनेका छन्, ‘प्रोटोकलअनुसार एउटै भ्याक्सिन लगाउनु पर्ने हो तर यसमा आत्तिनु पर्ने केही छैन ।’



  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १८:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया