झापामा एक साता निषेधाज्ञा थपिएको छ । झापाको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले झापामा २१ जेठ मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाउने भएको हो ।
बैठकमा यो समयमा पनि खाद्यान्न, माछामासु, तरकारी, फलफुल तथा अत्यावश्यक आवश्यकताका पसलहरु खुल्ने जनाएको छ ।
झापामा यो समयमा निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कानुनबमोजिक कारवाही गरिने त्यहाँको प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।