संसद विघटनका सबै रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

प्रतिनिधिसभा विघटनका सबै रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आज बस्ने संवैधानिक इजलासमा सबै रिटहरु पेस हुनेछन् । 

संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन् । जसमा ११ वटा रिटमा संवैधानिक इजलास मागिएको थियो । बाँकी १९ वटा रिटमा हिजो बिहीबार सुनुवाइ भएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो एकल इजलासमा सुनुवाइ भएका १९ वटै रिटलाई संवैधानिक इजलासमा पठाएका थिए । यससँगै अब ३० वटै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ६:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया