क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने

क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट न्यूनतम शुल्कबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।

विगतमा इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सही जानकारी नपाएर धेरै क्षमतावान विद्यार्थीको शैक्षिक वर्ष गुमाउनु पर्ने अवस्था देखेर अघिल्लो वर्ष क्ल्याम्पहुक एकेडेमीको स्थापना गरेको संस्थापक इन्जिनियर बिक्की छन्त्याल बताउँछन् ।

‘अधिकांश विद्यार्थी १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनका लागि विभिन्न प्रवेश परीक्षाहरूको तयारी गर्न तत्काल काठमाडौं आउनुपर्ने बाध्यता थियो, त्यो अब हटेको छ’, छन्त्याल भन्छन्, ‘यसले विद्यार्थीको काठमाडौं बस्दा खाँदा लाग्ने खर्च समेत जोगिएको छ ।’

प्रवेश परीक्षा कक्षालाई नै लक्षित गरेर प्रभावकारी र सर्वसुलभ अनलाइन कक्षा चलाउने तयारी गरिएको छन्त्यालले बताए । क्ल्याम्पहुक स्थापनाको प्रमुख उद्देश्य नै यही

भएकाले सोही ‘स्प्रिट’ अनुसार नै संस्थाले काम गर्नेछ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोक क्याम्पसबाट पासआउट भएका इन्जिनियरको टिमले गत वर्ष भएको लकडाउनकै बीचमा क्ल्याम्पहुक एकेडेमी स्थापना गरेको थियो ।



क्ल्याम्पहुक एकेडेमीले निषेधाज्ञावीच इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गत हुने ब्याचलर्स तहको बिई/बी आर्क प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्नेछ । अघिल्लो वर्ष अनलाइन कक्षा सञ्चालन गरिसकेको क्ल्याम्पहुकले निषेधाज्ञाका कारण घरमै रहेका विद्यार्थीको समय फलदायी होस् भनेर यो पटक १२ को अन्तिम परीक्षा अगावै अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी सर्वसुलभ होस् भनेर क्ल्याम्पहुकबाट उपलब्ध हुने सबै सुविधासहित फुल कोर्सको ६ हजार रुपैयाँ मात्र तोकिएको क्ल्याम्पहुकले जनाएको छ । ‘क्ल्याम्पहुकमा कक्षा लिने सबै शिक्षकहरु पुल्चोकबाटै ‘ग्य्राजुयट’ इन्जिनियर र पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्दै गरेर अघिल्लो वर्षका आइओई टपर हुनुहुन्छ’, छन्त्यालले भने, ‘आइओइ प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनु पर्ने ‘माइक्रो लेभल’का कुराहरू पनि क्ल्याम्पहुकले सिकाउँछ ।’ 



कक्षाहरू लाइभ अनलाइनसँगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने छन्त्यालले बताए । विद्यार्थीलाई गणित, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको आइओइ प्रवेश परीक्षाको सेलेबसमा आधारित डिजिटल नोटको व्यवस्थासमेत गरिएको छ ।

विगतका वर्षदेखि आइओइ इन्ट्रान्समा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ । क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शनिबार ‘बिक्ली मक टेस्ट’ को व्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्कर्ड प्लयाटफम’ उपलब्ध गराइने छ ।

प्रवेश परीक्षामा ‘मल्टिपल च्वाइस कोइसन’ सोधिने र त्यस्ता खालका प्रश्नहरूमा अभ्यास आवश्यक पर्ने हुँदा अधिकांश विद्यार्थीहरूले प्रवेश परीक्षा तयारी कक्षा लिने गर्छन् ।

पुल्चोक क्याम्पसको ५७६ सिटका लागि हरेक वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले आइओईको प्रवेश परीक्षामा सहभागी हुने गरेका छन् । केन्द्रीय क्याम्पस पुल्चोकबाहेक इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ४ आंगिक क्याम्पस लगायत निजी कलेजमा भर्ना पाउन पनि विद्यार्थीले राम्रो मेरिटमा परीक्षा पास गर्नु पर्ने हुन्छ ।

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १२:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया