सर्वाेच्चमा बहस-‘खड्ग प्रसादजीले संविधानको ख्यालै नगरी खड्ग प्रहार गर्नुभयो'

प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ जारी छ । संवैधानिक इजलासमा जारी सुनुवाइमा एक रिटमाथि निवेदकका तर्फबाट एकजनालाई बहस गर्न दिइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक अभिवक्तालाई १० मिनेटको समय दिएका छन् । 

अभिवक्ताहरूले रिट निवेदनमाथि बहस गर्ने क्रम जारी छ । बहसकै क्रममा अभिवक्ता कृतिनाथ शर्मा पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको ख्यालै नगरी संविधानमाथि खड्ग चलाएको आरोप लगाएका छन् । 

धारा ७६ को उपधारा ३ अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा पनि नदिई प्रक्रिया ४ बाँकी नै हुँदा एकै पटक  उपधारा ७ मा गएर कसरी संसद विघटन गर्नसक्छ ? भनेर इजलासमा प्रश्न गरे। 

उपधारा ५ को प्रक्रिया पूरै नगरी ५ मा गएर राष्ट्रपतिले सरकार निर्माणका लागि गरिएको आह्वान नै संविधान विपरीत रहेको जिकिर उनले गरे।  ‘उपधारा ४ मै नगई राष्ट्रपति कार्यलयले सिधै आह्वान गरेको यो विषय संविधान विपरीत छ’ अधिवक्ता पौडेलले भने, ‘खड्ग प्रसाद जीले संविधानको ख्यालै नगरी खड्ग प्रहार गर्नुभएको छ।’





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १३:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया