सुर्खेतमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ २५ गते सम्म निषेधाज्ञा बढाएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबारको सिफारिसमा प्रशासनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो लहर देखिएसँगै सुर्खेतमा वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । जुन आज रातिबाट एक महिना पुग्दैछ । संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै अन्तिम विकल्प रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । 

हाल सुर्खेतमा झण्डै ३ हजार सक्रिय संक्रमित छन् । सुर्खेतमा यसअघि जारी गरिएको निषेधाज्ञा जेठ १५ गते रातिबाट सकिँदैछ ।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १७:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया