अदालत जानेहरु ओलीलाई नै बलियो बनाउन लागिरहेका छन् : कमल थापा
फरकधार / १४ जेठ, २०७८

राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष कमल थापाले विपक्षी दलहरु अदालत गएर पुनः केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने बाटोमा लागेको बताएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले निर्वाचन छाडेर अदालत जाँदा संसद पुनःस्थापना भएमा ओली ने बलियो हुने दावी गरेका हुन् । 

चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा  आफूलाई ओलीको पक्ष लियो भनेको गुनासो उनले गरेका छन् । 
‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा  को पक्ष लियो भन्छन तर, ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्’ थापाले भनेका छन् । 

अदालतले संसद पुनर्स्थापना गरेमा ओली नै प्रधानमन्त्रीमा कायम रहीरहने दावी उनले गरेका छन् । ‘यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ’ थापा भन्छन् । 

 

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १९:४३:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया