गणतन्त्र दिवसमा राष्ट्रपतिको आह्वान : ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाऔँ

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साझा राष्ट्रिय सङ्कल्प बनाउँदै सार्थक बनाउनका लागि आह्वान गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन आह्वान गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

चौधौँ गणतन्त्र दिवसका अवसरमा सन्देशमार्फत राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेकी छन् । 

राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारी संक्रमणको दोस्रो तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्न आह्वान गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार ७:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया