अध्यादेशमार्फत बजेट ल्याउँदै सरकार

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि आज बजेट सार्वजनिक गर्दैछ । हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्न लागेको हो । 

आगामी आर्थिक वर्षका लागि आज अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएर मध्यावधि घोषणा भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

आज आउने बजेट मुख्यगरी कोरोना महामारीको नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ । सरकारले आज सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आयव्यय विवरण सार्वजनिक गर्न लागेको हो । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट ल्याउने तयारी गर्दा विपक्षी दल र अर्थविदहरुले भने प्रतिनिधिसभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार ८:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया