गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता डा. भीम रावलले कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।
रावलले सामाजिक सञ्जालमा राखेको कवितामा राष्ट्रलाई नाश गर्ने व्यक्ति आफै गलेर नाश हुने भाव व्यक्त गरिएको छ ।
यस्ताे र रावलले सामाजिक सञ्जाल ट्विटरमा राखेकाे कविता :-
राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ!
अस्त र व्यस्त समाजै त्रस्त रमाउछौ यसैमा,
बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा,
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउछौ,
न्यायका हकी देशभक्तमाथि शब्द वाण वर्षाउँछौ ।
षडयन्त्र जाल बुनिन्छन् तिम्रा सामन्त साथमा
अधिकार छिन्छौ विधिलाई मिच्छौ अँधेरी रातमा,
अतृप्त तिम्रो सत्ताको भोक कहिले हो मेटिने
स्वाधीनतासँगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?
विधि र विधान, नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वार्थको झेलमा चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैँ नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नाश्ने, गलेर नाश हुन्छ ।
जेठ १५, २०७८
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।