खेलकुद बजेटमा वृद्धि : २ अर्ब ७४ करोड विनियोजन

नेपालले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजना गरिएको जानकारी दिएका हुन् ।

यो रकम चालु आर्थिक वर्षभन्दा ३८ करोड बढी हो । चालु आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई ध्यानमा राख्दै बजेट विनियोजन गरिएको बताए । 

झापाको दमकमा निर्माणाधीन मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालालाई २ वर्ष भित्रमा सञ्चालनमा ल्याइने पौडेलले बताए ।

मोरङको बैजनाथपुर, दाङको लमही, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर र काठमाडौंको मूलपानीमा क्रिकेट मैदान सम्पन्न गर्नका लागि आवश्यक बजेट छुट्ट्याइएको छ ।



आगामी वर्ष पोखरा रंगशाला निमार्ण सम्पन्न हुनेछ । सक्रिय खेल जीवनबाट  निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियतमा ऋण उपलब्ध गराइनेछ ।

इटहरी, जनकपुरधाम, वीरगन्ज, वीरेन्द्रनगर, नेपालगन्ज र धनगढीमा प्रादेशिक रंगशालाको निमार्ण अगाडि बढाइनेछ ।



आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निमार्णका लागि पनि बजेट छुट्ट्याइएको छ ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, जुम्ला, मनाङ र मुस्ताङमा हाइ अल्टिच्युट स्पोर्ट्स सेन्टर निमार्ण गर्न आवश्यक पर्ने रकम विनियोजन गरिएको छ ।
 

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १९:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया