नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काम चलाउ सरकारले पूर्ण बजेट ल्याउनु असैवैधानिक भएको टिप्पणी गरेका छन् ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरेलगत्तै टिप्प्णी गर्दै नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक त विश्वासको मत लिन सकेको छैन।अर्को सरकारको वैधता सम्बन्धमा अदालतमा बहस चलिरहेको छ।काम चलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउन कसरी मिल्छ ? यो पूर्ण असंवैधानिक र असंसदीय छ।’
आंशिक बजेट ल्याएर, कोरोना नियन्त्रण गर्नुको सट्टा पपुलिस्ट बजेट ल्याएर फेरि जनतामा कोरा सपना मात्रै बाँडेको उनको आरोप छ ।
एक त बिश्वासको मत लिन सकेको छैन।अर्को सरकारको बैधता सम्बन्धमा अदालतमा बहस चलिरहेको छ।काम चलाउ सरकारले अध्यादेशबाट पुर्ण बजेट ल्याउन कसरी मिल्छ?यो पूर्ण असम्बैधानिक रअसंसदीय छ।आंसिक बजेट ल्याएर,कोरोना नियन्त्रण गर्नको सट्टा पपुलिस्ट बजेट ल्याएर फेरि जनतामा कोरा सपना मात्रै बाड्ने?
— Pradip Paudel (@paudelpradipNC) May 29, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।