बजेटको पहिलो प्राथमिकता कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बजेटमा पहिलो प्राथमिकता कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारमा दिएको र सबै नागरिकलाई खोप निःशुल्क गर्न बजेट विनियोजन गरेको बताएका छन् ।  

सामाजिक सञ्जालमार्फत उनले दोस्रो प्राथमिकतामा पूर्वाधार विकासमा व्यापक जोड दिइएको दाबी गरेका छन् । 

थलिएको अर्थतन्त्रको पुनरूत्थान, व्यापक राहत र क्षतिपूर्तिलाई उनले तेस्रो प्राथमिकतामा राखिएको बताएका छन् भने चौथो प्राथमिकतास्वरुप ज्येष्ठ नागरिक भत्ता मासिक ४,००० पुर्याइएको उल्लेख गरेका छन् । 

पाँचौँ शैक्षिक प्रमाणपत्रको आधारमा सहुलियत ब्याजमा ऋण र छैटौँ प्राथमिकता कर्मचारीलाई मासिक २००० तलब वृद्धि र महँगी भत्तामा दिइएको उल्लेख गरेका छन् । 






  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार २१:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया