बजेटबारे बाबुराम उवाच : नहुने चुनावको एमाले घोषणापत्र

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै नहुने चुनावको एमाले घोषणापत्र भएको बताएका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आगामी वर्षको बजेटलाई एमालेको घोषणापत्र भनेका हुन् । उनले नहुने चुनावका लागि एमालेले घोषणापत्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत सार्वजनिक गरेको बताए । 

बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको भट्टराईले बताए । उनले लेखेका छन्, 'अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।'

डा. भट्टराईले अर्थमन्त्री पौडेलले हिजो वाचनको बजेटमा राखिएको पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको टिप्पणी गरे । बजेटमा पुरानै घिसेपिटेका नारा र कार्यक्रम भेटिएको उनको भनाइ छ । 

भट्टराईले बजेटले गोरखालाई नसमेटेको कुरापनि व्यङ्ग्यात्मक रुपमा लेखेका छन् । उनले लेखका छन्, 'एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !'



 



  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार ९:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया