शोक प्रस्ताव पारित गरेर स्थगित भयो बागमती प्रदेश सभा

आइतबारबाट सुरु भएको बागमती प्रदेश सभाको वर्षे (बजेट) अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित भएर स्थगित भएको छ ।  

कोरोना संक्रमणबाट निधन भएका दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक प्रस्ताव पारित भएको हो । भोलि सोमबार बिहान ११ बजे सम्मको लागि बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

आइतबार दिउँसो सबै प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरेर सुरु भएको प्रदेशसभाको बैठकमा सबै दलका नेताले आठौँ अधिवेशनको सुरुवातमा मन्तव्य दिने कार्यसूची थियो ।





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १६:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया