भीम रावलले भने : एमसिसीलाई बजेट छुट्याउनु राष्ट्रघाती र लम्पसारवादी कु-कार्य

सत्तारुढ नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले केही वर्षदेखि विवादमा परिरहेको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) लाई बजेट छुट्याएकोमा आपत्ति प्रकट गरेका छन्। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमसिसी अन्तर्गतका परियोजना अघि बढाउन शनिबार ल्याएको बजेटमा समावेश गरेपछि रावलले आपत्ति जनाएका हुन्। नेता रावलले आइतवार ट्विट गर्दै संसदबाट अनुमोदन नभएको एमसिसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको जिकिर गरेका छन् 

नेता रावलले एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको पनि उल्लेख गरेका छन्।

‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो’ उनले ट्विटरमा भनेका छन्, ‘यस्तो लम्पसारवादी कु-कार्यको देशभक्त नेपालीहरूले विरोध गरौँ।’


 





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १७:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया