भियतनाममा हावाबाट तीव्र गतिमा फैलिने कोरोनाको नयाँ भेरियन्ट, डब्लुएचओ यसो भन्छ
भियतनामको सडकमा मास्कसहित एक युवती

भियतनाममा कोरोना भाइरसका एक भिन्न रूप (भेरियन्ट) पाइएको छ। जुन भारत र बेलायतमा पाइएको कोरोना भाइरसको मिल्दोजुल्दो छ। यसलाई हाइब्रिड स्ट्रेन बताइँदैछ। अधिकारीका अनुसार यो भेरियन्ट हावामा तीव्र गतिमा फैलिन सक्छ।

भियतनामका स्वास्थ्य मन्त्री भिएन थान लङ्गले शनिवार बताए अनुसार कोरोनाको यो भेरियन्ट एकदमै खतरनाक छ। जनवरी २०२० मा कोभिड-१९ भाइरसको पहिचानपछि अहिलेसम्म यसका कयौँ म्युटेसन्स पत्ता लागिसकेको छ।

भाइरसले हमेसा आफ्नो रुप बदलिरहन्छ। अर्थात म्युटेट गरिरहन्छ। धेरैजसो भेरियन्टको असर निष्प्रभावी हुन्छ तर केही म्युटेसनपछि बनेका भाइरसका भेरियन्ट अत्यधिक संक्रामक हुन्छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामका स्वास्थ्य मन्त्री भिएन थान लङ्गल‍े यसलाई दुई परिचित भेरियन्टको हाइब्रिड स्ट्रेन भनेका छन्। 'भियतनाममा भारत र ब्रिटेनमा पाइएका कोभिड-१९ का दुई भेरियन्टका लक्षणसँग मिल्दोजुल्दो एक नयाँ भेरियन्ट पाइएको छ।'

'यो नया भेरियन्ट म्युटेसनका साथै भारतीय भेरियन्ट हो, जुन मूल रूपमा ब्रिटेनको भेरियन्ट थियो, यो एकदमै खतरनाक छ', उनले एक सरकारी बैठक अगाडि भने, 'नयाँ भेरियन्ट पहिलेको तुलनामा ज्यादा संक्रामक छ। यो हावामा  तीव्र गतिमा फैलिन सक्छ। नयाँ बिरामीको जाँचपछि यो भेरियन्ट पत्ता लागेको हो।'

उनले यस भाइरसको जेनेटिक कोड चाँडै उपलब्ध हुने पनि बताएका छन्। 



डब्ल्युएचओ के भन्छ?

रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) अहिले भियतनामको यस दाबीलाई पुष्टि गर्न अनुसन्धानमा जुटेको छ।



रोयटर्सले कोभिड-१९ का लागि डब्ल्युएचओका व्यवस्थापन प्रमुख मारिया भ्यान केरखोवाले इमेलमार्फत् भनेकी छन्, 'यसबेला हामीले भियतनाममा रिपोर्ट गरिएको भेरियन्टको आकलन गरिसकेका छैनौँ।'

उनले यसबारे भियतनामको स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताएकी छन्। 'उहाँ हाम्रो कार्यालयले भियतनामको स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरिरहेको छ। हामी  चाँडै नै यसबारेमा अझै बढी जानकारीको अपेक्षामा छौँ।'

भारतको भेरियन्ट पनि खतरनाक

भारतमा पछिल्लो साल अक्टोबरमा कोरोना भाइरसको एक भेरियन्ट भेटिएको थियो। जसलाई बि.१.६१७.२ भनिएको थियो। जानकारले यसलाई बेलायतको कोरोना भेरियन्ट बि.१.१.१ भन्दा धेरै खतरनाक भनेका थिए।

रिसर्च अनुसार फाइजर र एस्ट्राजेनेको भ्याक्सिसनको दुई डोज भारतमा भेटिएको कोरोना भेरियन्टविरुद्ध सबैभन्दा प्रभावकारी मानिएको थियो। तर यसविरुद्ध एक डोज खासै प्रभावकारी देखिएको छैन।

भियतनाममा पछिल्ला साता कोरोनाको नयाँ संक्रमण तीव्र गतिमा बढिरहेको छ। भियतनाममा महामारी शुरू भएपछि अहिलेसम्म ६ हजार ७०० भन्दा धेरै मामिला भेटिएका छन्। तर यिनमा आधाभन्दा धेरै यसै साल अप्रिल महिनापछि भेटिएका हुन्। कोरोनाबाट अहिलेसम्म त्यहाँ ४७ जनाको ज्यान गएको छ।

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार २०:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया