विदेशी गुप्तचरसँग राति-राति साउती गर्ने, दुई तिहाइलाई अल्पमतमा झार्ने केपीले अनिष्ट निम्त्याए : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताले देशका लागि ठूलो अनिष्ट हुने काम गरिरहेको आरोप लगाएपछि नेता भीम रावलले त्यसको कडा जवाफ दिएका छन् ।   

प्रधानमन्त्री ओलीले आइतबार पार्टीभित्रैका नेताले देशका लागि ठूलो अनिष्ट हुने काम गरिरहेको आरोप लगाएका थिए । 

नेता रावलले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिँर्दै प्रधानमन्त्री ओलीले नै मुलुकमा अनिष्ट निम्त्याउने काम गरिरहेको आरोप लगाएका हुन्।

नेता रावलले लेखेका छन्,  ‘राष्ट्रपतिसँग मिलिमतो गरी संविधान मिच्दै पटकपटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने, राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रम केपीले नै अनिष्टको काम गरेको ठहर्छ।’





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार २१:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया