कोरोना निको भएर घर फर्किँदै रमेश खरेल
फोक्सोमा संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश प्रसाद खरेल कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। 

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उनी नेपाल प्रहरी अस्पतालमा भर्ना भएका थिए । खरेलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई साधारण वार्डमा सारिएको छ । 

नेपाल प्रहरी अस्पतालले खरेललाई आज अपराह्न डिस्चार्ज गर्दैछ । कोरोना संक्रमणका कारण फोक्सोमा गम्भीर संक्रमण भएपछि उनलाई नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

सुरुमा खरेलको स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएको थियो।  त्यसपछि भेन्टिलेटरमा हाई फ्लो अक्सिजन दिएर उनलाई उपचार गरिएको थियो। 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १४:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया