पाँचथरमा थप एक साता निषेधाज्ञा जारी

पाँचथरमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला संकट व्यवस्थापन समिति(डिसिसिएमसी) को साेमबार बसेकाे बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि जेठ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले यस पटकको निषेधाज्ञालाई अझ कडा गरिने बताएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन ।

तरकारी, दुग्ध पदार्थ र फलफूल पसुल बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्न पाउनेछन् । औषधि तथा स्वास्थ्यसामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १७:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया