भीम रावलको सुझाव-'महन्थलाई २० मन्त्रालय दिनू, खुसी पार्नुपर्ने शक्ति मख्ख पर्छ'

एमाले नेता भीम रावलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका छन् । 

आइतबार राति ट्विट गर्दै उनले ८ मन्त्रालय किन २० नै दिए भयो नी, त्यसो गर्दा खुसी पार्नुपर्ने शक्ति केन्द्र पनि खुसी हुन्छ भन्दै प्रश्न गरेका छन् । 

जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो’ रावलले भनेका छन्, ‘प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँँग राखेर  पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला ?’

यसो गर्दा ओलीले खुसी पार्न खोजेको शक्ति पनि मख्ख पर्ने भनाइ रावलको छ।





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार ७:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया