कोरोना परीक्षणमा सरकारको जोड

गत साताबाट परीक्षणको दायरा घटेको भन्दै समाचार छापिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले आपत्ति जनाएका छन् । 

यस्तो अवस्थामा सरकारले जति सक्दो परीक्षणको दायरा बढाउने प्रयास गर्दा पनि मानिसहरू लक्षण देखिएमा मात्र परीक्षण गर्दा यसको दायरा खुम्चिएको रिपोर्ट आएको उनको भनाइ छ । 

सरकारले अहिले जति सक्दो धेरै मानिसलाई परीक्षणमा संलग्न हुन विभिन्न कार्यक्रम तथा आह्वान गर्दै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘संक्रमण यस्तो उत्कर्षमा पुग्दा सरकारले कसरी परीक्षण घटाउन सक्छ । हामी त दिनानुदिन मानिसहरूलाई परीक्षण गर्न अनुरोध गर्दै आएका छौं ।’ यस्तो अवस्थामा सञ्चार माध्यमहरूले पनि सही सूचना सम्प्रेषण गर्न उनले आग्रह गरेका छन् । सरकारले जति सक्दो परीक्षणको दायरा बढाउने भन्दा पनि मानिसहरू नै परीक्षण गर्न नजाँदा यस्तो रिपोर्ट आएको उनको भनाइ छ । 

गाउँ गाउँमा पठाइयो एन्टिजेन किट

नेपाल सरकारले गाउँमा संक्रमण नफैलियोस् भन्ने हेतुका साथ गाउँगाउँमा एन्टिजेन किट पठाएको छ । हाल काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा संक्रमणदर घट्दै गएको तथ्याङ्कले देखाए पनि गाउँमा फेरि नयाँ लहर फैलन सक्ने भएकाले किट पठाइएको पौडेलले जानकारी दिए । 

देशभरिमा निजी तथा सरकारी गरी जम्मा ९० वटा पिसिआर परीक्षण प्रयोगशाला छन् ।  एन्टिजेन प्रविधि पनि उपयुक्त र भरपर्दो भएकाले गाउँमा परीक्षणका लगि किट पठाइएको उनको भनाइ छ । एन्टिजेन परीक्षण विधिबाट छिटो रिपोर्ट आउने भएकाले यस्तो विधि गाउँमा पठाइएको उनले बताए । अन्य देशमा पनि एन्टिजेन परीक्षण विधि उपयुक्त मान्दै आइएकाले नेपालले पनि यो प्रविधि अपनाएको उनले बताए । 



उनले भने, ‘परीक्षण भइरहेको छ । तर रिपोर्ट आएको छैन । जसका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा पनि परीक्षणको दायरा घटेको तथ्याङ्क आएका छन् ।’

सहर तथा गाउँमा बाहिरबाट आएकालाई अनिवार्य रूपमा क्वारेन्टिनमा बस्न र परीक्षणमा सामेल हुन पनि उनले अनुरोध गरेका छन् ।



  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १५:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया